हेटौंडा – हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडास्थित हेटौंडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा चार बिधा अन्तर्गत १२ वर्ष मुनिका र १२ वर्ष माथीका महिला, पुरुषहरु सहभागी भएका थिए । जस अन्तर्गत पुरुषतर्फ १२ वर्ष मुनि डिकन महतरा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् । त्यस्तै १२ वर्ष माथीको बिधामा बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आय्ुश रुम्बा तृतीय भएका छन् ।
महीला तर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्धितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथीको बिधामा काठमाडौंकी मुस्कान मगर प्रथम, नायना शाक्य द्धितीय, आयुश्मा शाही ठकुरी तृतीय भएका छन् । उक्त प्रतियोगितामा महिला तर्फ १२ वर्ष मुनि रश्मी सुचिकार, १२ वर्ष माथी निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथी सुशिल श्रेष्ठ उत्कृष्ठ स्केटर खेलाडी बन्न सफल भएका छन् ।
करिव १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उध्घाटन गरेका थिए ।
उक्त प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमशः दश हजार, पाँच हजार र तिन हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए ।
साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ठ स्केटर खेलाडीहरुलाई ट्रफि, प्रमाणपत्रसहित नगद दूई हजार प्रदान गरिएको महासचिव थापाले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar