रौतहट – रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो ।
बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए ।
घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका उनले बताए । घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar