काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा झरेको छ। बजार खुलेको बेला नेप्से २६२८.९१ अंकमा रहेको थियो। परिसूचक घटे पनि कुल कारोबार रकममा भने उल्लेखनीय वृद्धि देखिएको छ। आइतबारको दिन ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बजारको समग्र परिसूचक मात्र होइन, कारोबार भएका सबै समूहगत सूचकहरू पनि घटेका छन्। बैंकिङ समूह ११.४९ अंकले, विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल तथा पर्यटन २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादनमूलक ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, र निर्जीवन बीमा समूह ५८.३४ अंकले घटेका छन्।
सेन्सेटिभ इन्डेक्स पनि आइतबार ४.८७ अंकले घटेको छ।
त्यसैगरी, ३१० वटा कम्पनीको ८७ हजार ३ सय २ वटा कारोबारबाट २ करोड १५ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको हो।
धितोपत्र बजार विश्लेषकहरूका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएकाले सेयर बजारमा लगानी आकर्षण बढेको छ। नेपाल राष्ट्र बैंकले सेयर कर्जा सम्बन्धी नीतिमा लचकता अपनाएपछि लगानीकर्ता सक्रिय बन्दै गएका छन्।
ब्याजदर घट्दा बैंकमा पैसा राख्दा आकर्षक प्रतिफल नआएकाले धेरै लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुने गरेका छन्। यही कारणले कारोबार रकममा निरन्तर वृद्धि हुँदै गएको बताइन्छ।
आइतबारको कारोबारमा २३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सबैभन्दा धेरै बढेको कम्पनी बनेको छ।
नेप्सेले दिएको जानकारी अनुसार, आइतबारको दिनसम्म कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ।
परिसूचकमा गिरावट आउँदा पनि कारोबार रकम बढ्नु सकारात्मक पक्ष मानिन्छ। बजारमा नयाँ लगानी भित्रिरहेको अवस्था देखिँदा, आगामी दिनमा बजार पुनः उकालो लाग्ने अपेक्षा गरिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar