मकवानपुर — नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा टीप टप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ ।
डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई पराजित गरेको छ । डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ ले पराजित गरेको हो ।
आज शनिवारदेखी हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको हेटौंडा उप महानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी थिईन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीले सहभागिता जनाएको छ ।
क्लवका अध्यक्ष अनिल कुमार रिजालका अनुसार भोली आईतबार बिहान ७ बजे मधेश प्रदेश र सशस्त्र प्रहरीको (एपीएफ) क्लवबीच खेल सुरु हुनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar