वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानमाथि इस्रायलले गरिरहेको आक्रमण रोक्न आग्रह गर्न आफू अनिच्छुक रहेको संकेत गरेका छन्। उनले भने, “यदि कसैले जितिरहेको छ भने, त्यसलाई रोक्न आग्रह गर्नु अलिक गाह्रो हुन्छ। तर हामी तयार, इच्छुक र सक्षम छौं, र हामी इरानसँग कुरा गरिरहेका छौं।”
ट्रम्पको उक्त टिप्पणी तेहरानका विदेश मन्त्रीले इस्रायलको आक्रमण जारी रहेसम्म अमेरिका सँग आणविक वार्ता नगर्ने बताएका केही समयपछि आएको हो।
संवाददाताहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, “इस्रायल युद्धको सन्दर्भमा राम्रो गरिरहेको छ, र इरान त्यति राम्रो गर्दै छैन। यस्तो अवस्थामा कसैलाई रोक्न लगाउनु सजिलो हुँदैन।”
यस वक्तव्यले अमेरिका र इरानबीचको वर्तमान कूटनीतिक तनाव र वार्ताको सम्भावनामा थप अस्पष्टता थपेको छ। इजरायल र इरानबीचको बढ्दो द्वन्द्वले मध्यपूर्वमा अस्थिरता बढाएको छ भने, ट्रम्पको अभिव्यक्तिले अमेरिका इजरायलको समर्थनमै रहने संकेत गरेको छ।
हालसम्म इरानले आणविक विषयमा वार्ताका लागि इस्रायली आक्रमण बन्द हुनुपर्ने सर्त राख्दै आएको छ। तर ट्रम्पको भनाइले अमेरिका त्यो सर्तलाई तत्काल स्वीकार गर्न नचाहेको देखिन्छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar