काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उक्त ओभरपास उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनलगत्तै ओभरपास सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सडक विभागका उच्च अधिकारीसहित टोलीले स्थलगत निरीक्षण गर्दै ओभरपास सञ्चालनका लागि अन्तिम तयारीका निर्देशन दिएका थिए। निरीक्षणपछि मन्त्री दाहालले ठेकेदार कम्पनीलाई निर्धारित मापदण्डअनुसार गुणस्तरीय रुपमा कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए।
यो ओभरपास परियोजनाको ठेक्का १२ फागुन २०७८ मा लगाइएको थियो। तर, तोकिएको म्यादमा काम सम्पन्न नहुँदा परियोजना सम्पन्न हुन चार वर्षभन्दा बढी समय लागेको हो। काम ढिलो हुँदा लागतसमेत वृद्धि भएको छ।
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार सुरुवाती सम्झौताअनुसारको लागतभन्दा १४ करोड रुपैयाँ बढी खर्चिएको छ। “सम्झौतामा तोकिएको लागतभन्दा काम ढिलो हुँदा थप बजेट आवश्यक पर्यो,” प्रवक्ता भण्डारीले भने।
ओभरपास निर्माणपछि ललितपुरको ग्वार्को क्षेत्रमा हुने भीडभाड र जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ। ओभरपास सञ्चालनमा आएपछि साना तथा ठूला सवारी साधनको सहज आवागमन हुने र यात्रुहरूलाई समेत समय बचत हुने विश्वास लिइएको छ।
यस परियोजना ढिलासुस्ती, लागतवृद्धि र कार्यान्वयनको गति सम्बन्धमा विभिन्न समयको आलोचना भए पनि अन्ततः ओभरपास सञ्चालनमा आउँदा स्थानीयवासी तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने अनुमान गरिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar