काठमाडौं – नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो एक सातामा बाग्मती प्रदेशमा १९, मधेशमा ४, सुदुरपश्चिममा ४, कोशीमा २ र गण्डकीमा १ कोरोना संक्रमित फेला परेका छन् । भारतमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण नेपालमा पनि यसको त्रास आम मानिसमा रहेको छ । भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन् ।
नयाँ कोरोना कति खतनाक छ ?
हाल भारतमा ओमिक्रोनको विकसित रुप एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको शुक्रराज ट्रपिकल तथा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । यो ओमिक्रोन जस्तै संक्रामक भएपनि कम घातक भएको उनी बताउँछन् । उनका अनुसार यो ओमिक्रोनको विकसित रुप हो ।
यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्याए पनि आइसियूमा भर्ना हुने दर निकै न्युन रहेको डा पुनको भनाइ छ । उनी भन्छन्, ‘भारतमा धेरै जनसङ्ख्या छ, धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन, त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ,तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ ।’ कोभिड नेपालमा आउने जाने क्रम चलि नै रहेकोले पनि त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको डा पुन बताउँछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar