तेहरान – इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा सरकारी टेलिभिजन स्टेशनहरु समेत निशानामा पर्न थालेका छन् ।
गत केही दिनदेखि मध्यपूर्वका देशहरू इजरायल र ईरान बीच तनाव बढ्दै गएको छ । तनाव बढ्दै जाँदा अहिले सरकारी टेलिभिजन स्टेसनहरूसमेत निशानामा पर्न थालेका छन् । हिजो सोमबार मात्र इजरायली आक्रमणले इरानको एक सरकारी टेलिभिजन स्टेशनमा हमला गरेको छ । उक्त टेलिभिजनमा समाचार प्रसारणकै समयमा हमला गरेको थियो। समाचार प्रशारणकै क्रममा स्टुडियोमा आकस्मिक आक्रमण भएपछी एक महिला रिपोर्टर क्यामेराबाट भाग्न बाध्य भइन् ।
इजरायलले सोमबार दिनभरि ड्रोन तथा हवाई आक्रमण मार्फत इरानमा हमला गर्यो भने इरानले पनि प्रत्याक्रमण स्वरूप बिहानै मिसाइल आक्रमण गर्यो, जसमा कम्तीमा आठ जनाको ज्यान गएको छ। यस सैन्य तनावको सुरुवात इजरायलद्वारा इरानको आणविक कार्यक्रममाथि गरिएको आक्रमणबाट भएको बताइएको छ। इरानको प्रतिक्रिया स्वरूप गरिएका मिसाइल आक्रमणले इजरायलको केही सहरहरूमा जनधनको क्षति पुर्याएको पुष्टि गरिएको छ।
इरानको राजधानी तेहरानस्थित सरकारी टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रशारण भइरहेकै समयमा आक्रमण भएको हो। उक्त च्यानलका एक पत्रकारले रिपोर्टिङ गरिरहेका बेला विस्फोट हुँदा उनी झस्किँदै क्यामेराबाट भागेका थिए। घटनाले आम नागरिकमा थप त्रास फैलाएको छ।इरान र इजरायलबीचको यो सैन्य झडपले मध्यपूर्वमा ठूलो क्षेत्रीय युद्धको सम्भावनालाई झनै बलियो बनाएको छ। विश्लेषकहरूले यदि यो तनाव नियन्त्रणमा लिएन भने अन्य क्षेत्रीय शक्तिहरू समेत यस युद्धमा तानिन सक्ने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपेली संघले तत्काल युद्ध रोक्न दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। स्थिति निकै नाजुक बनेको छ र अन्तर्राष्ट्रिय समुदायले यसमा सूक्ष्म निगरानी गरिरहेको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar