काठमाडौं – सिन्धुपाल्चोकमा बाढी र पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
हिजो सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाको तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको प्रहरीले जनाउको छ । सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधनहरु सडकमै लाइन लागेका छन् ।
सोमबारदेखिको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । कान्तिलोकपथ अन्र्तगतको ललितपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिनयी खोला र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar