काठमाडौं – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा केशव श्रेष्ठ ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका छन् ।
आफ्नो फेसबुकमा ‘सबै जनालाई अलबिदा’ लेखेर उनी सम्पर्कविहिन भएका हुन् । डा श्रेष्ठ निकटष्थहरुका अनुसार उनी काठमाडौंको सरस्वतीनगरस्थीत याङतारु सेकुवा आसपासबाट मोवाईल अफ गरी सम्पर्क बिहिन भएको देखिएका छन् । हाल उनको मोबाइल पनि बन्द छ । दुई वर्षभन्दा लामो समयदेखि अस्पतालमा कार्यरत उनले डेढ वर्षदेखि निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी सम्हालेका थिए ।
अस्पताललाई उत्कृष्ट बनाउनका लागि दिनरात मेहिनेत गरिरहँदा ‘कामचोर’ कर्मचारीहरु आफ्नोविरुद्ध लागेको उनको आरोप छ । डा.गगन अधिकारी सरुवा भएर गएपछि पनि अस्पतालका डाक्टर र नर्सलाई आफूविरुद्ध लगाइरहेको श्रेष्ठको आरोप छ ।
‘करिब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर चलाउने मौका पाए । दिन – रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे । म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरुको भागमभाग हुन थाल्यो’,उनले लेखेका छन्,‘डा.गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गएपनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरोविरुद्ध लगाई नै राख्यो, तर म डटेर नै काम गरे । एउटा व्यवस्थित अस्पताल बनाएपनि, हरेक कुरालाई सिस्टममा लिएर आए ।’
वडा नम्बर–८ का केदार कार्कीले मागेजति पैसा नदिँदा र आफन्तलाई जागिर नलगाउँदा आफूलाई धम्क्याएको श्रेष्ठले बताएका छन् । उनका अनुसार कार्कीले कारबाहीमा परेका तीन जना पुरुष डाक्टर र दुई जना महिला डाक्टरलाई प्रयोग गरेर आफूलाई अस्पताल छोड्न बाध्य बनाएका हुन् ।
अगाडि थपेका छन्,‘केदारले भनेकोबमोजिम अस्पताल चलाउनुपर्ने, उसले खाएको होटलको बिल तिर्नुपर्ने, विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनुपर्ने । आफ्नो कार्यकक्षमा नबस्ने, आफ्नो बाउको राजनीतिक पावरको दम्भ देखाउने, बाहिर ल्याबसँग सिडी–आरपिडीको कमिशनको डिल गर्ने, पटकटपटक भन्दापनि कार्यकक्षमा नबस्ने गरेको पाएपछि लिखित स्पष्टीकरण सोधे । त्यही स्पष्टीकरण सोधिएकाहरुलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साँधेर मेरोविरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छाड्न बाध्य बनाइयो ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar