हेटौंडा – आगामी असार २ गतेदेखि मकवानपुरको हेटौंडामा आयोजना हुने नेकोस कप स्केटबोर्ड तथा स्केटिङ प्रतियोगिताका लागि खेलप्रेमी दिपेन्द्र कुमार दासले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।
नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता दासले प्रतियोगितालाई सफल बनाउन उक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव सत्य थापाले दिनुभयो ।
मकवानपुरको हेटौंडामा हुने यस प्रतियोगिताले स्थानीय स्तरमा स्केटबोर्ड र स्केटिङ खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको नेता दासले बताउनुभयो ।
खेलप्रेमी दासको यो सहयोगले प्रतियोगितालाई थप उत्साहजनक बनाउन मद्दत पुग्ने आयोजकको भनाइ छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar