सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका ३१ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
नेपाली कांग्रेस हरिहरपुरगढी गाउँ कमिटीका सक्रिय स्थानिय नेता टेकबहादुर घलानको नेतृत्वमा ३१ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। शुक्रवार चिसापानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), पार्टीको बागमती प्रदेश सदस्य तथा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा लगायतले नवप्रवेशीहरुलाई स्वागत गरे।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजन दाहालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले माओवादी केन्द्रमा कसैलाई पनि हेप्ने वा विभेद गर्ने नीति नरहेको स्पष्ट पारे। त्यस्तै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले माओवादीको कामबाट प्रभावित भई विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम बढेको बताए।
नवप्रवेशीहरुले पनि माओवादीको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar