काठमाडौं – विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएका छन् ।
प्रतिनिधिसभाको आज (मंगलवार) को बैठक सुरु हुने बित्तकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए । पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका थिए ।
‘गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन् । उहाँमाथि र उहाँको सचिवालयमाथि आरोप लागेपछि उहाँले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । र घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,’ पुनले भने । पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar