काठमाडौं – सडक विभागको महानिर्देशक रामहरि पोखरेल भौतिक मन्त्रालय तानिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक पोखरेललाई सरुवा गरेका हुन् । उनलाई मन्त्रालयमा तानिएको जनाईएको छ ।
पोखरेलको सरुवासँगै रिक्त विभागको नयाँ महानिर्देशकको जिम्मेवारी यसअघि भौतिक मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा प्रमुख रही काम गरेका डा.विजय जैसीलाई दिइएको छ ।
पोखरेल गत वर्ष जेठमा महानिर्देशक बनेका थिए । करिब एक वर्षपछि उनलाई मन्त्रालय तानिएको हो ।
महानिर्देशक बन्नुअघि पोखरेल विभागकै सहसचिव थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar