सप्तरी – सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक शाखाबाट सेक्युरिटी गार्डहरूको बन्दुकसहितका सुरक्षा सामग्री चोरी भएको घटनामा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारी रहेका छन्।
राति १२:२९ बजे नेपाल बैंकमा कार्यरत सेक्युरिटी गार्ड प्रमोद चौधरी र पर्शुराम चौधरी सुतिरहेको समयमा उनीहरूको बसोबास रहेको कोठाबाट १२ बोरको एकनाले बन्दुक, २० राउण्ड गोली, २ थान खुकुरी, कम्प्युटर, डिजिटल तराजु लगायतका सामाग्री चोरी भएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार गार्डहरू निदाइरहेका बेला अन्सारीले उक्त सामाग्री चोरेका थिए।
घटनापछि गार्डहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सञ्चार सेटमार्फत घटनाबारे अन्य इकाइहरूलाई रिले गरिएको थियो। छिमेकी जिल्ला सिरहामा समेत सूचना दिइएको थियो। सिरहाको लहानस्थित हस्पिटल चोकबाट राति पौने ४ बजे अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अन्सारीले चोरी गरेका हतियार र सामाग्री बैंकबाट करिब ५ सय मिटर पश्चिमको झाडीमा लुकाएको स्वीकार गरेका छन्। प्रहरीले ती सबै सामग्री बरामद गरिसकेको छ।
अहिलेसम्म अन्सारीले ती हतियारहरू किन चोरे भन्ने बारेमा सुस्पष्ट बयान दिएका छैनन्, भने प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
सार्वजनिक बैंक र वित्तीय संस्थाका सुरक्षामा खटिएका गार्डहरूले अझ सजग र सतर्क रहनुपर्नेमा प्रहरीले जोड दिएको छ। यो घटनाले सार्वजनिक संस्थाको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar