सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आजदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ।
गाउँपालिकाका आठ वटै वडाका स्थानीय बासिन्दालाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले आजदेखि घुम्ती शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले जानकारी दिए । अध्यक्ष वाईबाका अनुसार शिविर आगामी जेठ १४ गतेसम्म चल्नेछ। शिविरको उद्घाटन वडा नं.८ स्थित पान्तलेमा गरिएको छ। यो शिविरबाट घरदैलोमै सरकारी सेवा प्राप्त गर्न पाउने भएपछि स्थानीयवासी उत्साहित देखिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराका अनुसार एकीकृत शिविरमार्फत जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, व्यवसाय दर्ता र नवीकरण, शैक्षिक गतिविधिसँग सम्बन्धित सेवा, वडा स्तरीय सार्वजनिक सुनुवाइ, राजस्व संकलन, सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण लगायतका सेवा प्रदान गरिनेछ ।
अभियानले विशेषगरी जेष्ठ नागरिक र दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई ठूलो राहत मिल्ने अध्यक्ष वाईबाले बताए । “बैंक र कार्यालयमा धाइरहनुपर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले यो शिविर सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष वाईबाले भने । सेवाग्राहीलाई घर नजिकै सेवा दिने यो अभ्यासले नागरिक र सरकारबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिएको वाइबाको भनाई छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar