काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय देशभर बढ्दो विद्युत कटौती (लोडसेडिङ)प्रति गम्भीर टिप्पणी गर्दै त्यसलाई सरकारको अस्थिरताको सङ्केतको रूपमा तुलना गरेकी छन्।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले “झ्याप झ्याप बत्ती जाने” अवस्थालाई सरकारको “आयुको सङ्केत” भएको दाबी गरिन्।
उनले भनिन्, “आज झ्यापझ्याप बत्ती जानु भनेको सरकारको स्थायित्व र क्षमता प्रतिको शंका हो। जनताले लोकतान्त्रिक सरकारबाट सुविधा र स्थायित्वको अपेक्षा गरेका छन्, तर बत्ती जानु सरकारले आफू नै अँध्यारोमा जान लागेको सङ्केत हो।”
सांसद राईले पछिल्लो समयमा विभिन्न स्थानमा नियमितरूपमा बत्ती जाने, विद्युत आपूर्तिमा समस्या आउने, र जनताले दैनिक जीवनमा झेल्नुपरेको समस्याको सरकारबाट कुनै समाधान नआएकोप्रति आलोचना गरिन्।
त्यसै अवसरमा सांसद राईले माओवादी केन्द्रद्वारा सुरु गरिएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान को सफलताको कामनासमेत व्यक्त गरिन्।
उनले उक्त अभियानले जनस्तरमा विकासप्रति चेतना फैलाउने र प्रदेश तथा संघीय सरकारलाई जनताको मागप्रति केन्द्रित गराउने विश्वास व्यक्त गरिन्। “माओवादीले थालनी गरेको अभियान जनताको आवाजलाई नीति निर्माणमा पुर्याउने एक सकारात्मक पहल हो,” उनले भनिन्।
हालको संसदीय सत्रमा विभिन्न विषयमा सरकारप्रति असन्तुष्टि जनाउँदै आएका प्रतिपक्षी सांसदहरूले सार्वजनिक सेवाप्रति राज्यको उदासीनताबारे बारम्बार प्रश्न उठाएका छन्। सांसद दुर्गा राईको अभिव्यक्ति पनि त्यही सन्दर्भमा आएको देखिएको छ।
प्रतिनिधिसभा बैठकमा अन्य सांसदहरूले पनि शिक्षाको गुणस्तर, स्वास्थ्यसेवाको अवस्था, र बढ्दो महँगीबारे प्रश्न उठाएका थिए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar