काठमाडौं – प्रतिनिधि सभाको आजको बैठक बिहान ११:०० बजे बस्ने भएको छ। बैठकमा तीनवटा महत्वपूर्ण विधेयकमाथि छलफल तथा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरिने छ। यी दुवै विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावना रहेको छ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ। यस विधेयकमाथि छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ।
यी विधेयकहरू मुलुकको हवाई सेवा व्यवस्थापन, नागरिक उड्डयन नियमन, तथा स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार र संस्थागत विकासको दृष्टिले महत्वपूर्ण मानिएका छन्।
सङ्घीय संसद्को आजको बैठकले यी विधेयकमाथि व्यापक छलफल गरी सम्बन्धित समितिमा पठाउने वा पारित गर्ने दिशामा महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar