काठमाडौं – इजरायली सेनाले गाजामा बमबारी जारी राख्दै पछिल्लो पटक ‘सुरक्षित क्षेत्र’ भनेर चिनिएको अल–मावासी क्षेत्रमा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार उक्त आक्रमणमा कम्तीमा ३६ जना मानिसको ज्यान गएको छ।
इजरायलले गाजामा आक्रमण थप तीव्र बनाउने संकेत गरिरहँदा अल–मावासीमा भएको यो आक्रमण निकै गम्भीर मानिएको छ। हाल इजरायली सेनाले स्थल आक्रमणको दायरा अझै बढाउने तयारी गरिरहेको बताइएको छ। त्यहींसङ्गै कतारमा इजरायल र हमासबीच युद्धविराम सम्बन्धी वार्ता पनि चलिरहेको छ।
यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब मुलुकका नेताहरूले गाजामा भइरहेको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन्। उनीहरूले मानवीय सहायता अविलम्ब गाजामा पुर्याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५३ हजार २७२ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यस्तै, १ लाख २० हजार ६७३ जना घाइते भएका छन्। तर, गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या अझै बढिरहेको भन्दै ६१ हजार ७०० भन्दा बढी मानिसको ज्यान गएको हुनसक्ने जनाएको छ। अझै पनि हजारौं मानिस भग्नावशेषमा पुरिएका छन् र बेपत्ता छन्।
यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १ हजार १३९ जना इजरायली नागरिकको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरू अपहरणमा परेको इजरायलको दाबी छ।
गाजामा हिंसा र मानवीय संकट गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट भइरहेको छ भने युद्धविरामको प्रयासहरू अझै निष्कर्षमा पुग्न सकेका छैनन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar