काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेतृत्व निर्माण गर्ने बेलामा आपसी असमझदारी भयो भने सङ्गठनलाई सफल बनाउन नसकिने बताएका छन् ।
शनिबार काठमाडौँमा अखिल नेपाल महिला सङ्घ समाजवादी को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । पाण्डेले भने, ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन । त्यसैले यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्का बिच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो सङ्गठनलाई पनि सफल बनाउन सक्दैनौँ ।’
त्यस्तै पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको पनि बताएका छन् । उनले एकीकृत समाजवादी भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताएका हुन् ।
उनले देश निर्माण महिलाहरूको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे । महिला नेतृत्वलाई अझ बढी सशक्त बनाउने काममा लाग्नुपर्ने उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar