काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ ।
आज शुक्रबार पत्रकार सम्मेलन गरी अनेम संघले राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । ‘समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ भोलि जेठ ३ र ४ गते सम्म चल्ने सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहने अध्यक्ष तथा पार्टी उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् । सम्मेलनको उद्घाटन नेकपा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।
त्यस्तै सम्मेलनलाई पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, महासचिव कमरेड घनश्याम भुसाललगायतले सम्बोधन गर्ने जनाइएको छ । सम्मेलनको उद्घाटनमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने अध्यक्ष राईले जनाइन् ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । हालका अध्यक्ष राई महिला संघको इन्चार्ज समेत भएकाले उनलाई विधानले दोहोरो जिम्मेवारी नदिने भएपछि सम्मेलन मार्फत नयाँ पदाधिकारी चयन गर्न लागिएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar