काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
आज शुक्रबार सभापति देउवालाई भेट्न उपमहासचिव शर्मा बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको उपमहासचिव शर्माले बताएका छन । यद्यपि के के विषयमा कुराकानी भयो त्यसबारे खुलाइएको छैन । देउवासंग के विषयमा कुराकानी भयो भन्ने शुभयुगको प्रश्नमा शर्माले भने “पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो ।”
माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित सुरु गरेको अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई टेलिफोन गरेका थिए।
प्रचण्ड र देउवाबीचको टेलिफोन वार्तालाप पश्चात् शर्मा देउवालाई भेट्न पुगेपछि त्यसलाई विश्लेषकहरूले रहस्यमयी ढङ्गले टिकाटिप्पणी गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar