काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा पुनः गिरावट आएको छ। नेप्से परिसूचक ८.४१ अंकले घट्दै २६११ अंकमा झरेको हो। यससँगै लगातार पाँचौ दिन सेयर बजार ऋणात्मक बनेको छ, जसले लगानीकर्तामा चिन्ता थपेको देखिन्छ।
आजको कारोबारमा कुल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।
बिहीबारको कारोबारमा होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी ४.९१ प्रतिशतले वृद्धि भएको छ। यस क्षेत्रमा रहेका कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक रहेकाले लगानीकर्ताको ध्यान आकर्षित गरेको देखिन्छ। त्यस्तै व्यापार क्षेत्र पनि ०.७० प्रतिशतले बढेको छ।
अर्कोतर्फ, विकास बैंक क्षेत्र सबैभन्दा धेरै २.१२ प्रतिशतले घटेको छ। बैंकिङ क्षेत्र ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० र अन्य क्षेत्र १.१४ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, र सानिमा माइ हाइड्रोपावर रहेका छन्। यी कम्पनीहरूको सेयरमा लगानीकर्ताको उच्च चासो देखिएको छ।
लगातारको गिरावटका बीच केही क्षेत्र र कम्पनीहरूले उत्साहजनक प्रदर्शन गरे पनि समग्र बजार भने कमजोर देखिएको छ। आगामी दिनमा बजारमा स्थिरता आउने अपेक्षा गरिए पनि लगानीकर्ताले सचेततापूर्वक निर्णय लिनुपर्ने देखिन्छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar