काठमाडौं – नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
आज बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् ।
तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका एक अधिकारीले बताए । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । साथै निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने पनि व्यवस्था छ ।
बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक – २ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar