काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागी टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व संचारमन्त्री तथा नेपाली कांग्रेसका नेता सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
आज बिहीबार अख्तियारले पूर्वसञ्चार मन्त्री बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै कांग्रेस सांसद बस्नेतको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बन भएको छ।
यद्धपी यस प्रकरणमा नाम जोडिएका पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटा, पूर्वसञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई भने मुद्दा लगाउन नपर्ने अख्तियारको निष्कर्ष छ।
उनीहरूविरूद्ध नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्सको खरिद कार्यमा परामर्शदाता छनोट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी छनोट गरी अनियमितता गरेको र टेरामक्स सञ्चालन तथा नियन्त्रण गर्न पाउने सो प्रणाली सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेश रिट निवेदनमा भएको आदेश अनुकूलको कुनै कानुनी व्यवस्था नगरी नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तवरमा संरचना स्थापना गर्न राज्यको सम्पत्ति दुरूपयोग गरी हानिनोक्सानी पुर्याइ भ्रष्टाचार गरेको उजुरी परेको थियो।
साथै टेरामक्सको विषयमा तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर एकल रूपमा निर्णय गरी कार्यान्वयनका लागि निर्देशन दिएको पनि अख्तियारको भनाइ छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar