न्युयोर्क – लिओनल मेसीले आफ्नो खेल जीवनको सबैभन्दा मनपर्ने गोलको भिडियो सार्वजनिक गर्न लागेका छन् ।
इन्टर मियामीका स्टार, ८ पटकका बालन डि’ओर विजेता र विश्वकप च्याम्पियन मेसीले मंगलबार उक्त घोषणा गरेका हुन् । उनका अनुसार मे २२ तारिखमा आफ्नो मनपर्ने गोलको भिडियो सार्वजनिक गर्नेछन् । त्यस गोलको भिडियोलाई कलाकृतिको रूपमा तयार पारिनेछ र च्यारिटीका लागि अक्सनमा राखिनेछ ।
मेसीसँग मनपर्ने गोल छनोट गर्नका लागि प्रशस्तै विकल्प छन् । उनले अर्जेन्टिना, बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) र इन्टर मियामीका लागि खेल्दै ८०० भन्दा बढी गोल गरिसकेका छन् । उक्त कलाकृति मेसी र चर्चित डिजिटल कलाकार रेफिक अनाडोलले संयुक्त रूपमा हस्ताक्षर गर्नेछन् । यो कलाकृति ११ जुनमा न्युयोर्कस्थित प्रसिद्ध अक्सन संस्था क्रिस्टिजले सार्वजनिक गर्ने छ ।
‘ती सबै गोलहरूमध्ये एक मात्र छान्नु निकै कठिन काम हो । प्रत्येक गोल विशेष छन् । कतिपय त निकै महत्वपूर्ण छन् वा अविस्मरणीय सम्झनासँग जोडिएका छन् । तर, पहिलोपटक एउटा मनपर्ने गोललाई यस्तो विशेष परियोजनाका लागि छनोट गर्नुको पछाडि एक गहिरो उद्देश्य छ । म यसमा सहभागी हुन पाउँदा धेरै खुसी छु’, उनले भने । उक्त कलाकृतिको अक्सन २५ जुलाईमा बन्द हुने छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar