सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाकाले आगलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
बुधबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले आगलागीबाट पीडित हरिहरपुरगढी वडा नंं.४ स्थित गुडखोलाका डिल बहादुर पुलामीलाई घटनास्थलमै पुगी राहत सामग्री वितरण गरेका हुन् ।
पिडित मगरलाई राहत स्वस्प गाउँपालिकाको तर्फबाट खाद्यान्न, तथा तरकारीजन्य सामाग्री तथा भाँडा कुडाँ र त्रिपाल लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष वाईवाले जानकारी दिए ।
गत सोमबार दिउँसो गुडखोलाका मगरको खरले छाना भएको काठ र बाँसले बनेको १ तले घरमा ब्याट्री सर्ट भई आगलागी भएपछि घर पुर्ण रुपमा जल्नुका साथै २५ मुरी मकै, ३० मुरी धान, १५ मुरी कोदो का साथै भाडाकुडा तथा लत्ताकपडा जलेर नष्ट भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar