काठमाडौं – नेपाल खेलकुद महासंघ समाजवादीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना तत्काल मिति तोक्न माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट खेलकुद महासंघले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै सरकारले नाटकीय ढंगले तोकिएको प्रतियोगिता स्थगित गरिएको भन्दै तत्काल मिति तोक्न माग गरेको हो ।
महासंघका अध्यक्ष अर्जुनभक्त राई र महासचिव अनिलकुमार रिजालद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारबाट विनियोजित बजेटलाई सुनियोजित रुपमा रकमान्तर गरी खेलकुदबाहेकका अन्य क्षेत्रमा खर्च गरी नाटकीय ढंगले प्रतियोगिता स्थगित गरेकोप्रति घोर भत्र्सना गर्दै प्रतियोगिताको मिति तोकी खेलकुद प्रतियोगिता तत्काल आयोजना गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । हाम्रो जायज माग सरकारले यदि बेवास्ता गरेमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछौं ।’
जेठमा मिति तोकिसकेको अवस्थामा विभिन्न बहाना पारी प्रतियोगिता नै अनिश्चिततर्फ धकेल्नु निन्दनीय रहेको उल्लेख गर्दै महासंघले प्रतियोगितामा सहभागी हुने सपना बोकेर बसेका खेलाडीमाथि सरकारले कुठाराघातको काम गरेकोसमेत बताएको छ ।
महासंघले सरकारले तत्काल मिति नतोके आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar