धादिङ – नेकपा (एकीकृत समाजवादी) धादिङले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको विषयमा थप छाविनका माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो । गणतन्त्र स्थापनाका एकिकृत समाजवादीले खेलेको भूमिकाबाट विचलित रहँदै आएका तत्वहरुले आलोकनगर स्थित पार्टी केन्द्रीय कार्यालयलाई केन्द्रित गरी योजनाबद्ध आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
अराजक भिडले तिनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा जनताको नीजि घर सम्पत्ति, पसल, सुपर मार्केट, कार्यस्थल, राष्ट्रिय औद्योगिक प्रतिष्ठान (जडिबुटी औषधि प्रशोधन केन्द्र), संचार माध्यमका कार्यालय, सवारी साधन, नीजि तथा सरकारी यातायातका साधनहरू तोडफोड गर्ने तथा जलाउने, लुटपाट मच्चाउने, पत्रकारलाई ज्यूँदै जलाउने जस्ता अराजक तथा हिंसात्मक घटनाको एकिकृत समाजवादीले भत्सर्ना समेत गरेको छ ।
‘चैत्र १५ गतेको आपराधिक घटनामा संलग्न व्यक्तिहरू र तिनका मतियारहरूलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न, घाइतेहरूको निशुल्क उपचार गर्न, घटनामा ज्यूदै जलाइएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई सहिद घोषण गर्न, क्षति भएका सम्पत्तिको क्षति पूर्ति गर्न, हिंसा र अराजक गतिविधिहरूलाई नियन्त्रण गर्न, नेपालको संविधानको संरक्षण र नागरिकको ज्युज्यान तथा सम्पत्तिको सुरक्षा गर्न जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा उल्लेख छ । मोर्चाले आयोजना गरेको कार्यक्रममा लाखौंको जनसागरको उपस्थितिले तथाकथित राजावादी, दरवारिया र अराजकतावादीहरूको मुटु हल्लाएको एकिकृत समाजवादीका नेता गुरु प्रसाद बुर्लाकोटीले बताए ।
ज्ञापनपत्र बुझाउने क्रममा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी, केन्द्रिय सदस्य सुवास खतिवडा, इन्दिरा ढुंगानालगायत नेता कार्यकर्ताहरु सहभागी थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar