काठमाडौं – रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश दिएको हो ।
उच्च अदालतको सो आदेशसंगै अव रविले के गर्लान् भन्ने प्रश्न उव्जीएको छ । कतिपयले रवीले तत्काल आत्मसमर्पण गर्ने र कतिपयले उनलाई प्रहरीले तत्काल पक्राउ गर्छ भन्ने आंकलन गरिरहेका छन् । यद्धपी एक कानुन व्यवशायीका अनुसार त्यस्ता केशमा उच्च अदालतको आदेश सम्बन्धित जिल्ला अदालतमार्फत् कार्यान्वयन हुने प्रकृया हुन्छ । यस्ताखाले केशमा तीन विकल्पहरू अभ्यासमा रहेको पनि उनले बताए ।
उनका अनुसार पहिलो, थुनामा पठाउने आदेश भएपछि सम्बन्धित व्यक्ति आफै अदालतमा आएर आत्मसमर्पण गर्ने र थुनामा जाने प्रकृया हुन्छ । दोश्रो फौजदारी मुद्दा खेपेका आरोपितहरु सम्बन्धित अदालतमा नियमित रुपमा तारेख लिनुपर्छ । रवि लामिछाने तारेख लिन जिल्ला अदालत गएको अवस्थामा अदालतका कर्मचारीहरूले प्रहरीलाई खबर गरेर उनलाई थुनामा पठाउन सक्ने पनि उनले बताए। त्यस्तै तेस्रो, अदालतको आदेश बमोजिम प्रहरी परिचालन गरेर आरोपितलाई पक्राउ गर्ने पनि प्रचलन रहेकाले आजै उनि पक्राउ पर्न सक्ने पनि उनले बताए ।
त्यस्तै प्रहरीले पक्राउ नगरेको अवस्थामा तारेखको मितिसम्म बाहिर बस्दा पनि रविमाथि कुनै प्रश्न भने नउठ्ने उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar