काठमाडौं – नेपाल खेलकुद महासंघ समाजवादीका नव निर्वाचीत पदाधिकारीलाई अनेरास्ववियूले सम्मान गरेको छ ।
आज (बिहिवार) अनेरास्ववियूको केन्द्रिय कार्यालय अनामनगरमा एक कार्यक्रमको आयोजना गरी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले महासंघका निर्वाचित पदाधिकारीहरुलाई खादा र माला लगाई सम्मान पत्र सहित कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
मंगलवार सम्पन्न महासंघको दोश्रो राष्ट्रिय महाधिबेशबाट अध्यक्षमा अर्जुनभक्त राई, वरिष्ठ उपाध्यक्षमा नारायण दास गमाल, उपाध्यक्षहरुमा शंकर थापा, शिव प्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने, आकाश पटेल, महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिल कुमार रिजाल सर्वसम्मत ढंगले चयन भएका थिए ।
त्यस्तै उपमहासचिवहरुमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ, प्रविण के.सी, महिला उपमहासचिवमा रजुला जोशी, सचिवहरुमा विवेक अर्याल, कैलाश बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत खनाल, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोललाई चयन गरेको थियो ।
खेलकुद महासंघ समाजवादीमा धादिङबाट ७ जना
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar