२०८१ आश्विन २७, आईतबार
काठमाडौं – संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङका दुई स्थानीय तह उत्कृष्ट भएका छन् ।
स्वमूल्यांकनमा गाउँपालिकातर्फ बेनीघाट रोराङ गाउँपालिका र नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका उत्कृष्ट भएका हुन्। उत्कृष्ट भएका स्थानीय तहलाई बिहीबार मन्त्रालयमा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ बाट स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक भने पहिलोपटक मात्र गरेको हो ।
मन्त्रालयका अनुसार नगरपालिकातर्फ रूपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् । त्यस्तै, गाउँपालिकातर्फ समान अंक पाउँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका दोस्रो भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar