२०८१ भाद्र ३०, आईतबार
लन्डन – इंग्ल्यान्डका पूर्वक्रिकेटर ग्राहम थोर्पेले गतसाता आत्महत्या गरेका थिए । थोरपेको मृत्यु भएको ७ दिनपछि सोमबार उनकी श्रीमती अमान्डाले थोर्पेले आत्महत्या गरेको खुलासा गरेकी हुन् । यसअघि पनि उनले यस्तो प्रयास गरेको खुल्नमा आएको छ । अमान्डाले पूर्व इंग्ल्यान्ड कप्तान माइकल एथर्टनलाई एक अन्तर्वार्तामा भनिन् कि थोर्पे खराब स्वास्थ्यका कारण डिप्रेसन र चिन्ताबाट पीडित थिए, जसका कारण उनले आफ्नो ज्यान गुमाए । थोर्पेले मृत्यु हुनुअघि आफैँसँग लामो मानसिक र शारीरिक युद्ध लडेका थिए ।
थोर्पेको ५५ वर्षको उमेरमा ५ अगस्टमा निधन भएको थियो । उनको निधनको घोषणा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले गरेको हो । त्यतिबेला मृत्युको कारण भने खुलाइएको थिएन ।
थोर्पेले सन् १९९३ देखि २००५ सम्म इंग्ल्यान्डका लागि १०० टेस्ट खेलेका थिए । यसका साथै उनी इंग्ल्यान्डको सिनियर पुरुष टिमको ब्याटिङ प्रशिक्षक पनि भइसकेका थिए । उनी २०२२ देखि गम्भीर बिरामी थिए । उनी अफगानिस्तानको मुख्य प्रशिक्षकमा पनि नियुक्त भएका थिए । तर, उनले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।
थोर्पेले खेल जीवनमा १०० टेस्ट र ८२ एकदिवसीय खेल खेलेका थिए । आफ्नो समयमा स्टार ब्याट्सम्यान थोर्पेले २ हजार ३८० एकदिवसीय रन प्रहार गरेका थिए । यसैगरी ६ हजार ७४४ टेस्ट रन पनि प्रहार गरेका थिए । उनले सन् २००५ मा सन्यास लिएका थिए । सन्यासपछि उनले सुरुमा इंग्ल्यान्ड तथा पछिल्लो समय सुरेमा प्रशक्षिणको जिम्मेवारी सम्हालेका थिए ।
उनको निधनमा संसारभरीको क्रिकेट परिवार दुःखित बनेको छ । सुरेमा सन् १९९० देखि १९९३ सम्म थोर्पेसँगै खेलेका पाकिस्तानका बकास युनिसले यो घटनाले आफ्नो जिन्दगीमा समेत रिक्तता ल्याएको बताए । उनले थोर्पे आफ्नो जीवनको नजिकको व्यक्ति भएको समेत बताए ।८७ टेस्टमा ३७३ विकेट लिएका युनिसले थोर्पे टोलीका लागि सधँै प्रेरणादायी बनेको बताए । थोर्पेकै काराण् सधँै टोलीको उत्साह थपिएको समते उनले बताए । यी २ खेलाडी प्रतिद्वन्द्वीको बिचमा रहँदा पनि मित्रवत सम्बन्ध थियो । सधैँ एकले अर्कालाई राम्रो प्रदर्शनका लागि प्रेरणा दिइरहे । युनिसलाई सन् २००० मा कराँचीमा इंग्ल्यान्ड विरुद्धको खेल अझै याद छ । सो टेस्टमा थोर्पेले विजयी रन प्रहार गरेका थिए । पाकिस्तानमा इंग्ल्यान्डले सन् १९९२ पछि पहिलोपटक जित हात पारेको थियो ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले विज्ञप्ती जारी गर्दै थोर्पे खेलाडी मात्र नभएर क्रिकेट परिवारको १ महत्वपूर्ण सदस्य भएको प्रतिक्रिया दिएको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान जोए रुटले उनी कप्तान तथा प्रेरणाको स्रोतसमेत भएको बताएका छन् । इंग्लिस कप्तान माइकल भाउगनले खेल जीवनभरी प्रेरणाको स्रोत भएको बताए । यसैगरी टेस्ट कप्तान बेन स्टोक्सले उनीसँग बिताएको क्षणहरूको सम्झना गर्दै इंग्लिस क्रिकेटले प्रेरणाको एउटा खानी नै गुमाएको प्रतिक्रिया दिएका छन् ।
फर्नहाम सुरेमा जन्मिएका उनले क्रिकेटको सुरुआत रेस्लेहामबाट गरेका थिए । उनका बाबु जियोफ त्यस टोलीका पूर्व कप्तान थिए । उनकी आमा टोनी फुटबलर थिइन् । उनका दाइ एलन र इयान क्रिकेट अलराउन्डर थिए । सुरुमा आफ्नै दाजुभाइसँग खेलेका उनी पहिलो दायाँ हाते ब्याट्सम्यान हुन् । दाजुभाइले आफूलाई आउट गर्न कठिन होस् भन्ने चाहनाले उनले आफूलाई बायाँ हाते ब्याट्सम्यानको रूपमा परिमार्जन गरेका थिए ।
उनी १८ वर्षको उमेरमा सुरेमा आबद्ध भएका हुन् । त्यसभन्दा अघि फुटबल पनि खेल्ने गर्थे । उनीसँगै मार्क राम प्रकाश र नासेर हुसेनको सुरेमा पुस्ता साच्चै सशक्त थियो । सन् १९९३ मा अस्ट्रेलियाविरुद्धको डेब्यु टेस्टको दोस्रो पारीमा नै उनले शतक प्रहार गरेका थिए । ओल्ड ट्रायफोर्डमा सो खेल भएको थियो । उच्च फर्ममा भएका शेन वार्नको सामना गर्न जो कोहीलाई पनि कठिन थियो । वार्नले त्यसै टेस्टमा माइक गाटिङलाई आउट गरेको बल अझै पनि ‘बल अफ द सेन्चुरी’ को रूपमा लिइने गरिएको छ ।
वार्न र श्रीलंकाका स्टार स्पिनर मुत्तैया मुरलीधरनलाई राम्रोसँग सामान गर्न सक्ने ब्याट्सम्यानको रूपमा थोर्पे परिचित थिए । सन् २००० को सुरुआतमा ने उनको मानसिक स्वास्थ्यको समस्या देखिएको थियो । भारतविरुद्धको खेल बिचैमा छाडेका उनले आफ्नै घरमा गोली प्रहार गरेका थिए ।फेरि क्रिकेटमा कमब्याक गरेका उनले पछिल्लो २३ टेस्टमा ५०० रन प्रहार गरे । यसमा बंगलादेशको विरुद्धमा प्रहार गरिएको अविजित ६६ रन पनि समावेश छ । कराँचीमा र कोलम्बोमा उनको पारी क्रिकेट इतिहासले सधै सम्झनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar