२०८१ भाद्र ३०, आईतबार
काठमाडौँ – सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्ययोजना स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गएको साउन तेस्रो साता पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयसँग स्पष्ट योजना मागेका थिए ।
त्यसअघि नै प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसहचिव रहनेगरी सरकारले कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई गत साता मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकिएको थियो । यी दुवै एयरपोर्ट वैदेशिक ऋणमा निर्माण भए पनि सञ्चालनमा भने आउन सकेका छैनन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १८ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । तर, नियमित उडान भने अझै अनिश्चित छ ।
यस्तै भैरहवास्थित गौतम बुद्ध विमानस्थल २०७९ वैशाख ८ गतेदेखि नै सञ्चालनमा आएको थियो । उक्त विमानस्थलमा थाई एयर एसियाले गत साउन १८ गतेदेखि साताको ४ दिन भैरहवा– थाइल्यान्ड उडान अनुमतिसमेत पाइसकेको छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको जानकारी गत साता सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar