२०८१ भाद्र ३०, आईतबार
काठमाडौं – दृष्टि मिडियाको नामका केही व्यक्तिले नक्कली कागजपत्र बनाइ अवैध धन्दा गरेको पाइएको छ ।
उनीहरूले दृष्टि मिडिया द्वारा सञ्चालित अनलाइन पोर्टल दृष्टि न्युजको परिचय पत्र , वर्किङ एक्सपिरियन्स लेटर लगायतका बिभिन्न नक्कली कागजपत्र बनाई अष्ट्रेलियाका लागि भिसा अप्लाई गरेको पाइएको दृष्टि मिडियाका सञ्चालक शम्भु लाल श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भारतको नयाँदिल्लीस्थित अस्ट्रेलियन उच्च आयोगले दिएको जानकारीअनुसार बाग्लुङका कृष्ण भण्डारी, पर्वतका नामबहादुर पुन, धादिङका सुरेन्द्र तामाङ र बाग्लुङकै थम प्रकाश छन्त्यालले दृष्टि न्युजको परिचयपत्र लगायतका कागज पत्र पेश गरी भिसा अप्लाई गरेको पाइएको हो ।
उनीहरूले अप्लाई गरेको कागजपत्र अस्ट्रेलियन उच्च आयोग नयाँदिल्लीले दृष्टि मिडियालाई उपलब्ध गराएको थियो । ती फेक कागजपत्र ‘भेरिफाइ गरिदिन’ भन्दै अस्ट्रेलियन उच्च आयोगले दृष्टि मिडियालाई उपलब्ध गराएपछि उक्त रहस्य खुलेको थियो । जसमा उनीहरूले सम्पादक, रिपोर्टर, क्यामेरामेन लगायतको आफूखुसी दर्जा दिएका छन् भने ती कागजपत्रमा दृष्टि मिडियाको छाप र हस्ताक्षर पनि दुरुपयोग गरिएको छ ।
त्यस्तै ती कागजपत्रमा सरकारी लोगोसमेत प्रयोग गरिएको छ । नब्बे हजारदेखि एक लाख पाँच हजार रुपैयाँसम्म तलब लिएको कागज पत्र उनीहरूले पेश गरेका छन् । यस विषयमा दृष्टि मिडियाले काउन्सिलमार्फत सीआईबीमा छानबिन गर्न अनुरोध गर्ने भएको श्रेष्ठले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar