२०८१ भाद्र ३०, आईतबार
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका पूर्व उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केन्द्रीय कमिटीमा नअटाएकाहरुलाई धैर्यता अपनाउन आग्रह गरेका छन् ।
आईतबार पाण्डेले एक बक्तव्य जारी गर्दै असल, इमान्दार, योग्य र इच्छुक हुँदाहुँदै पनि धेरै जना केन्द्रीय कमिटीमा नपरेपछि धैर्यतापूर्वक पार्टीका बाँकी निर्णयहरु पर्खन सुझाएका हुन् । पार्टी केन्द्रीय कमिटीले अझै पूर्णता नपाइसकेको उल्लेख गर्दैै मनाङ्ग, मुस्ताङ्गबाट एक जना पनि केन्द्रीय सदस्य नपरेको बक्तव्यमा उल्लेख छ । नुवाकोट, बागलुङ्ग, पूर्वी नवलपुर, प्यूठान, स्याङ्गजा, सोलुखुम्बु, लमजुङ, भारत प्रवास र अन्य प्रवासले पनि आवश्यक संख्याअनुरुप केन्द्रीय सदस्य पाउन नसकेको नेता पाण्डेले बताए ।
एउटा मात्र निर्वाचन क्षेत्र भएको सल्यान, हुम्ला, डडेल्धुरा, दोलखामा जनसंख्याको तुलनामा केन्द्रीय सदस्य निकै कम भएको , अछाम, कैलाली, कञ्चनपुर, धनुषा, ललितपुरलगायतका जिल्लाले प्राप्त गरेको केन्द्रीय सदस्य पार्टीको कामको तुलनामा असन्तुलित देखिएको छ ।
केन्द्रीय कमिटीमा पर्नैपर्ने, विद्रोहमा सामेल भएका, पार्टी निर्माणमा जुटिरहेका र ठूलो योगदान दिनसक्ने अधिकांशलाई समेट्न नसकेको उहाँको ठहर छ । विज्ञप्तिमा भनिएको छ,‘केन्द्रीय कमिटीमा पर्नैपर्ने, विद्रोहमा सामेल हुनुभएका, पार्टी निर्माणमा जुटिरहनुभएका र पार्टी निर्माणमा ठूलो योगदान दिन सक्ने थुप्रै कमरेडहरुको नाम केन्द्रीय कमिटीमा ल्याउन सकिएको छैन् । यसै विषयलाई आधार मानेर असल इमान्दार र योग्य कमरेडहरुले पार्टीमा योगदान गर्ने इच्छा हुँदाहुँदै पनि आफू केन्द्रीय कमिटीमा आउन नपाउनु भएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरिरहनुभएको छ । सबै कमरेडहरुलाई धैर्यतापूर्वक पार्टीका बाँकी निर्णयहरु पर्खन र पार्टीमा आफूले दिन सक्ने योगदानलाई नकारात्मक बोली, लेखाई र भ्रम सिर्जना गर्न सक्ने अभिव्यक्ति नदिन र आफूलाई एउटा असल तथा अनुशासित कम्युनिष्ट योद्धाको रुपमा उभ्याउँदै पार्टी अनुशासनलाई पनि ध्यान दिई धैर्य गरिदिन आग्रह गर्दछु ।’
पार्टी गत असारमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव, ९० केन्द्रीय सदस्य निर्वाचित भएका थिए । बाँकी सदस्यका लागि आकांक्षी अत्यधिक भएपछि महाधिवेशन सम्पन्न भएको एक महिनासम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन ।
पछील्लो केन्द्रीय कमिटी बैठकले महाधिवेशनबाट चुनिएका ९३ जना केन्द्रीय सदस्यमा २५१ जना थप्दै ३४४ जनाको नाम घोषणा गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar