टेक्सस – अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ ।
नेपाली समय अनुसार सोमबार बिहान ५ः२० बजेतिर रुकुम बाफीकोट घर भएका ३० वर्षका दीपक ओलीको हत्या भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका हुन् । मृतक वली टेक्ससको वाको सहर नजिकैको हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ ।
घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् ।
वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar