• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

१ घण्टा अघि
२

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

३ घण्टा अघि
३

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

३ घण्टा अघि
४

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

३ घण्टा अघि
५

रौतहटमा बस पल्टियो, १० जना घाइते

३ घण्टा अघि
६

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

२१ घण्टा अघि
७

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

२१ घण्टा अघि
८

नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार

२१ घण्टा अघि
९

राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

२२ घण्टा अघि
१०

इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

२२ घण्टा अघि
११

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोडभन्दा बढी

२२ घण्टा अघि
१२

तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचियो

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८१ श्रावण २, बुधबार (११ महिना अघि)
  • २०३ पाठक संख्या
  • imageee

    काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । काठमाडौंमा साउन १ गते मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ नियुक्त भएका छन् ।

    मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्य समितिको अवधि एक वर्ष हुन्छ ।

    च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकाल नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रुपमा रहन्छन् ।

    नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरहरुसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन् । महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी विभिन्न उद्योगमा संलग्न सदस्यलाई एकै ठाउँमा ल्याउने र फरक व्यावसायिक क्षेत्रबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठको योजना छ ।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले महिलालाई नेतृत्वमा अगाडि सारेको भन्दै च्याप्टर नेतृत्व र सदस्यहरुको सराहना गरे । उनले देश बनाउने उद्यमीले नै भएकोले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न सुझाए । सरकारसँग काम गर्न गाह्रो भए पनि निराश नहुन उनले सुझाव दिए । खेलाडीको लागि आवश्यक पर्ने ब्याच विदेशबाट आयातित सामानबाट नभई ललितपुरमा उत्पादित सामानबाट बनाउने नीतिगत निर्णयको तयारी गर्दै गर्दा सरकार ढलेको पनि उनले जानकारी दिए ।

    तुलनात्मक लाभका क्षेत्रमा व्यवसाय गर्नुपर्नेमा जोड दिएका उनले खेलकुदमा पनि राम्रो व्यवसायको सम्भावना रहेको बताए । नेपालका रमणीय गल्फ कोर्समा दक्षिण कोरियाली खेलाडी ल्याएर प्रतियोगिता गर्न सकिने उनले बताए ।

    च्याप्टरका नवनियुक्त प्रथम उपाध्यक्ष एल्भिस रन्जितले स्वागत मन्तव्यका क्रममा सन् २०२१ मा १५ सदस्यबाट सुरु भएकोमा अहिले सदस्य संख्या ९० पुगेको जानकारी दिए ।

    उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले अघिल्लो वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नवनियुक्त द्वितीय उपाध्यक्ष अनुकुल श्रेष्ठले अघिल्लो कार्यकालमा सम्पन्न भएका कार्यक्रमबारे जानकारी गराएका थिए । उद्घाटन सत्रलाई युवा उद्यमी मञ्चका नेसनल गभर्निङ काउन्सिल अध्यक्ष सहारा जोशीले पनि सम्बोधन गरेकी थिइन् ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

  • भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स


  • समाचार
  • १

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    १ घण्टा अघि

  • २

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ३ घण्टा अघि

  • ३

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ३ घण्टा अघि

  • ४

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ३ घण्टा अघि

  • ५

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ३ घण्टा अघि

  • ६

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता
    २१ घण्टा अघि

  • ७

    कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला
    २१ घण्टा अघि

  • ८

    नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार
    २१ घण्टा अघि

  • ९

    राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण
    २२ घण्टा अघि

  • १०

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    २

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ३

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    ४

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution