काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटी (फुटपाथ) विस्तार अघि बढाएको छ। महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई महानगरले बुधबार बिहानैदेखि अघि बढाएको हो ।
यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो ।
सडकलाई पैदलयात्रमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar