काठमाडौं – फ्रान्सलाई २–१ ले हराउँदै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्समाथि पूनरागमन जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar