काठमाडौँ – अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। शुक्रबार डलर हालसम्मकै महँगो भएको छ।
शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा तोकिएको छ।यो मूल्य हालसम्मकै उच्च हो।यसअघि गत जेठ ३० गते डलरको भाउ १३४ रूपैयाँ ०१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १४ पैसा बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७० रूपैयाँ २४ पैसा तोकिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar