काठमाडौँ – सलोन सलिना फिल्सम्को प्रस्तुतिमा डकुड्रामा ‘हामी छौँ (सिजन १)’को सुटिङ सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको बुधबार चित्लाङबाट छायांकन सुरु भएको हो ।
डकुड्रामा आगामी दसैँमा ओटिटी प्लेटफर्मबाट रिलिज गर्ने गरेर निर्माण हुन लागेको हो । ७ एपिसोडमा प्रसारण हुने सिरिजमा सलिना बस्नेत, आर्यन पौडेल, त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरी र गणेश बुढाथोकी लगायतको अभिनय रहनेछ ।
देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाउन लागिएको प्रस्तुतकर्ता शोभित बस्नेतले बनाइए । डकुड्रामाको विषयका लागि ७ प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको छ ।
रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बाँस्कोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन रहेको डकुड्रामा लमजुङपछि अस्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । सुटिङ अवधि ४५ दिन तोकिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar