काठमाडौँ – नेपालमै पहिलोपटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ७ असारदेखि ३ दिनसम्म ललितपुरको पुल्चोकमा मेला हुन लागेको हो । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ नाराका साथ हुन लागेको मेलाको तयारी पूरा भएको महासंघले जानकारी दिएको छ ।
प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न तथा प्रोत्साहन गर्न वातावरणको विकास गर्ने, उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न मेला आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।
साथै, स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने बताइएको आयोजकको विश्वास छ । सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघसंस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्ने आयोजकको दाबी छ ।
मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने महासंघ अध्यक्ष ओमदेवी मल्लले बताइन् । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुने जानकारी उनले दिइन् । मेलामा निःशुल्क प्रवेश गर्न सकिनेछ । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान महासंघको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar