मकवानपुर – बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहीबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सो प्रस्ताव माथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।बैठकमा सांसदहरूले सरकारको आय व्यय र राजस्व सङ्कलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१-०८२ बजेट वृद्धि गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar