२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– नेदरल्यान्ड्समाथि नेपालले शानदार जित निकालेको छ । कीर्तिपुर मैदानमा १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले
१८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
यो जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar