२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अच्युतप्रसाद मैनालीले सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा पुँजीगत शीर्षकमा १७ प्रतिशत बराबर मात्रै खर्च भएको विषय उठाए । विभिन्न सडक खण्ड तथा विकास पूर्वाधार आयोजनाको जग्गाको मुआब्जा वितरण गर्नुपर्ने उनको माग छ ।
सांसद अमरेशकुमार सिंहले पनि विकास निर्माणको काममा सरकारले गति दिन नसकेको र व्यवसायीलाई भुक्तानी नदिएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद अञ्जनी श्रेष्ठले प्रस्तावित निजगढ–हेटौंडा–भरतपुर विद्युतीय रेल मार्ग निर्माण गर्दा मानव बस्ती र घना आवासीय क्षेत्रमा असर पर्ने देखिएकाले अर्को विकल्प खोजिनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar