२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब आमनेसामने हुने भएका छन् । शनिबार पोखरा रंगशालामा फाइनल हुनेछ ।
सेमिफाइलनमा थ्री स्टारले जावलाखेल युथ क्लब र आर्मीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेका हुन् । थ्रीस्टार यस प्रतियोगितामा ५ पटक च्याम्पियन बन्दा आर्मी उपाधि विहीन छ । यद्यपि आर्मी पनि पाँचौँ पटक फाइनल प्रवेश गरेको हो ।
थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा राराको उपाधि जितेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । यस्तै, प्रत्येक खेल खेलेका टिमले पनि छुट्टाछुट्टै रकम हात पार्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar