काठमाडौं – मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ह्याकपछि वेबसाइट मर्मतको काम चलिरहेको र शुक्रबार बिहानबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।
”अहिले वेबसाइट मेन्टेनेन्सको काम भइरहेको छ,” जोशीले भने, ”बेलुकी (बिहीवार) सबै काम सकिन्छ । भोलि सार्वजनिक सूचनाबाटै वेबसाइट पुनः सञ्चालनमा आएको व्यहोरा सूचित गरिनेछ ।”
पनिकाले सोमबारदेखि विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै पनिकाको वेबसाइट ह्याकरको नियन्त्रणमा पुग्यो ।
वेबसाइटको सुरक्षामा कमजोरी देखिएको स्वीकार गर्दै परीक्षा नियन्त्रक जोशीले अब व्यवस्थित रूपमा अनलाइन प्रणाली सञ्चालन हुने दाबी गरे । ”वेबसाइटका लागि शेयरिङ सर्भर थियो । वैशाखदेखि छुट्टै सर्भर बनाउने योजनामा थियौं । अहिले नै बनाउनु पर्ने भयो,” उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar