२०८१ बैशाख १७, सोमबार
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भएको जीप दुर्घटनामा परी दुई भुटानी नागरिकको ज्यान गएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको हो । जीपमा पाँच भुटानी नागरिक र एक नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट खसेको हो ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar