२०८१ बैशाख १७, सोमबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ । आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको सचिवालय जनाएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि १० वटा समूह बनाएर छलफल जारी रहेको र आजै साँझ बैठक सकिने सचिवालय जनाएको छ ।
परिषद् बैठकमा करिब १ हजार जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन् ।
एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । त्यसैका लागि विधानमाथि छलफल भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar